समाचारबिहीबार, पौष १०, २०७१

विवादित विषयमा विकल्प तयार पार्न कार्यदल

हिमालखबर

मधेश केन्द्रित मोर्चासहित प्रमुख चार दलले नयाँ संविधानका विवादित विषयमा सहमतिको विकल्प खोज्न कार्यदल गठन गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा १० पुसमा बसेको बैठकले कार्यदल बनाएको हो । कार्यदलले दुई दिनभित्र विकल्पसहितको प्रतिवदेन पेश गर्नेछ ।

कार्यदलमा कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष भीम रावल, एमाओवादीका नेता कृष्णबहादुर महरा र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।

नयाँ संविधानका संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुबीच सहमति हुन नसक्दा संविधानसभाले तय गरेकाे ८ माघकाे कार्यतालिका प्रभावित बन्दै अाएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>