समाचारशुक्रबार, पौष ११, २०७१

सूर्योदय र हिमालको अवलोकन गरी नगरकोटबाट फर्किए चिनियाँ विदेशमन्त्री

हिमालखबर

Chiness bidesh mantriतीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट बसेर ११ पुस बिहान काठमाडौं फर्किएका छन् ।

१० पुसमा काठमाडौं आएका चीनका विदेशमन्त्री वाङ अपराह्न होटेल क्लब हिमालयनमा रात बस्ने गरी नगरकोट पुगेका थिए ।

उनले बिहान क्लब हिमालयनबाट सूर्योदयका साथै यहाँबाट देखिने हिमालहरुको अवलोकन गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी दिए ।

यसअघि हिजो साँझ उनले नगरकोटको भ्यूटावर गई करिब एकघण्टा हिमाल र सूर्यास्तको दृश्य अवलोकन गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ नगरकोट पुगेपछि नगरकोटको सुरक्षा व्यवस्थामा कडा पारिएको थियो ।

वार्ता सुरु
वाङ नगरकोटबाट फर्के लगत्तै नेपाल र चीनबीच परराष्ट्र मन्त्रिस्तरीय वार्ता शुरु भएको छ ।

वार्तामा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका छन् भने १३ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँका विदेशमन्त्री वाङ यी ले गरेका छन् ।

वार्तामा दुईपक्षीय सम्बन्धको पुनरावलोकन, नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको आगामी वर्ष ६० वर्ष पुग्ने सन्दर्भमा पारस्परिक सहयोग अभिवृद्धिका विविध पक्षका साथै आर्थिक सहयोगमा केन्द्रित रहेर छलफल हुँदैछ ।

वार्तामा परराष्ट्र, अर्थ, उद्योग, गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, वाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन मन्त्रालयका सचिवसहित नेपाल सरकारका उच्च अधिकारी संलग्न छन् भने चिनियाँ पक्षमा विदेशमन्त्री वाङ नेतृत्वका सात सदस्यीय टोली र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसहित दूतावासका वरिष्ठ अधिकृत संलग्न छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>