समाचारशुक्रबार, पौष ११, २०७१
एमाले स्थायी कमिटीको बैठक बस्दै
नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी मूख्यालय बल्खुमा बस्दैछ ।
नवौं महाधिवेशनपछि सहमतिमा पोलिट्ब्यूरो गठन गरेको एमालेले स्थायी कमिटी पनि सहमतिमै चयन गर्ने तयारी गरिरहेको छ ।
एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार बैठकमा स्थायी कमिटीको पूर्णता, विभागीय र भूगोलको जिम्मेवारी बाँडफाँडबारे छलफल हुँदैछ ।
यसबाहेक बैठकले नयाँ संविधान निर्माणमा पार्टी अजेण्डा र भूमिकाबारे पनि निर्णय गर्ने एमालेले जनाएको छ । बैठकका लागि पदाधिकारी र स्थायी कमिटीका पदेन सदस्यहरु मूख्यालय पुगिसकेका छन् ।
