समाचारशुक्रबार, पौष ११, २०७१

‘ढुक्क हुनुहोस तोकिएकै समयमा संविधान आउँछ’

हिमालखबर

Okoiralaप्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान ल्याउन सहमतिका लागि अथक प्रयत्न भएको बताएका छन् ।

काभ्रेपलाञ्चोक सूचना प्रविधि पार्कमा ११ पुसदेखि शुरु भएको नेपाल जेसिसको ४१ औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री कोइरालाले संविधानका विवादित विषय– शासकीय स्वरुप, सङ्घीयता तथा न्याय र निर्वाचन प्रणालीका बारेमा दलहरु नजिक नजिक आउँदै गरेको दाबी गरे ।

उनले जतिसुकै उतारचढाव आए पनि संविधान आउने ठोकुवा गर्दै भने, “तपाईँहरु ढुक्क हुनुहोस्, संविधान तोकिएकै समयमा आउँछ । ”

“अहिले निरास हुनुपर्ने कुनै अवस्था छैन, निराशा भनेको रोग हो, एउटाबाट अर्कोमा सर्छ, त्यसैले धैर्य गर्नुहोस्, संविधान आउँछ ।” कोइरालाले भने ।

उनले सङ्घीयतामा प्रादेशिक सङ्ख्या कति हुने भन्ने विषय बढी पेचिलो भएको उल्लेख गर्दै पूर्वाधार नभएकाले प्रदेशको सङ्ख्या सक्दो सानो बनाउनुपर्ने बताएका थिए ।

उनले भने, “प्रादेशिक संरचना बढी भए हाम्रा लागि लाजमर्दो हुन्छ, अहिले प्रस्तावित प्रदेश संख्यालाई तीन वा चारमा पनि झार्न सकिन्छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार ५०० युवा काभ्रेपलाञ्चोक आएका छन् । तीमध्ये एक हजार ५०० जनाले मात्रै मतदान प्रक्रियामा भाग लिने जेसिसको सचिवालयले जनाएको छ ।

महाधिवेशनमा अध्यक्षका लागि चार र उपाध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिने जनाइएको छ । जेसिसको निर्वाचित कार्य समिति १७ जनाको हुनेछ । जेसिजमा उम्मेदवार तालिम लिएपछि मात्रै उम्मेदवारी दिने प्रावधान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>