समाचारशनिबार, पौष १२, २०७१

असम हिंसाः ७० हजार विस्थापित, नेपाली पनि चपेटामा

हिमालखबर

-गोपाल गडतौला, झापा

???????????????????????????????

मोरङ्को भुटानी शरणार्थी शिविरका भुमनबहादुर राई र उनकी श्रीमती छत्रमायालाई उद्धार गरेर अस्पताल पठाइएकाे बोडोल्याण्ड अटोनोमस काउन्सिलका पुर्ब सदस्य माधब कार्कीले जानकारी दिएका छन् । तस्वीर: माधव कार्की

भारतको असममा जारी हिंसाको चपेटामा नेपालीहरु पनि परेका छन् । भारतको कोकराझारमा आफन्त भेट्न पुगेका नेपालीहरु हिंसामा घाइते भएका समाचार प्राप्त भएको छ ।

मोरङको भुटानी शरणार्थी शिविरका एक दम्पती बम विष्फोटबाट घाइते भएको स्थानीय बोडोल्याण्ड अटोनोमस काउन्सिलका पुर्ब सदस्य माधब कार्कीले जानकारी दिएका छन् ।

मोरङको शनिश्चरे शरणार्थी शिबिर सेक्टर बि १, छाप्रो नम्बर ३ का भुमनबहादुर राई र उनकी श्रीमती छत्रमायालाई उद्धार गरेर अस्पताल पठाएका उनले जानकारी दिए । उक्त घटनामा होटल सञ्चालक राधा शर्मा पनि घाइते भएकी छन् ।

अमेरिका पुनर्बासको तयारीमा रहेका राई दम्पती असम सरलपाडाको मुडेमा रहेका आफन्तहरुसँग बिदाईभेट गरेर फर्किने क्रममा थिए । उनिहरुको पछिल्लो अबस्था थाहा हुन सकेको छैन ।

अहिले त्यस क्षेत्रमा कर्फयु लागेका कारण शिबिरबाट त्यहाँ पुग्न नसकेको उनीहरुका छोरा श्यामकुमारले हिमाललाई बताए ।

लामो कर्फयुका कारण असमका घरघरमा अन्न, सागपात, खानापकाउने ग्याँसजस्ता अत्याबश्यक बस्तुको अभाब चर्कदैं गएको छ । सार्बजनिक जीबन ठप्प प्राय भएको छ ।

पुर्बेत्तर भारतको आसामका कोकराझार र सोणितपुरमा गएको आइतबारदेखि हिंसा भडकिँदा कम्तिमा ८२ जनाको ज्यान गइसकेको छ ।

asamमर्नेहरुमा स्थानिय आदिबासी सन्थाल समुदायका र अलग्गै बोडो राज्य माग गर्ने एनडीएफबीका सशस्त्र भुमिगत कार्यकर्ता रहेका छन् ।

यसै बिचभारतको केन्द्र सरकारले आसाममा सुरक्षा कडा पार्नका साथै कारबाही क्षेत्रमा तिब्रपारेको बताइएको छ ।

सरकारी फौज बोडो बिद्रोहीहरुका संभाबित अखडाहरुमा केन्द्रित रहेको काउन्सिलका पूर्व सदस्य कार्कीले बताए ।

त्यहाँ शुरु भएको हिंसाका कारण करिब ७० हजार आदिवासी विस्थापित भएका छन् भने ५ हजार जतिले पश्चिम बंगालमा शरण लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । हिंसाको चपेटामा असमका नेपाली भाषीहरु पनि परेको उनीहरुका नेपालमा रहेका आफन्तले बताएका छन् ।

त्यहाँ हिंसा र कफ्र्यूका कारण आफन्तहरुको बारेमा कुनै खबर प्राप्त नभएको झापाका राजेन्द्र भेटवालले बताए । उनले भने, “हामीहरु केही दिनदेखि आफन्तको खबरका लागि फोन गरिरहेका छौं तर फोन र अन्य सम्पर्क हुन सकेको छैन ।”

सेनाले सुरक्षा दिइरहेका कोकराझार र सोनितपुरका राहत शिविरमा मात्रै ४० हजार भन्दा बढी आदिबासीले शरण लिइरहेका छन् ।

असममा धेरैअघि देखि बेग्लै राज्य र जातीय पहिचानको माग गर्दै हिंसा हुँदै आएको छ । राज्यका कैयन विद्रोही समूहले केन्द्रीय सरकारविरुद्ध संघर्ष गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>