समाचारआइतबार, पौष १३, २०७१
प्रकृया विथाेल्न खोज्नेको जवाफ जनताले फर्काउँछन्: मन्त्री बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले संविधान निर्माणको प्रकृया भाड्न खोजे त्यसको जवाफ जनताले दिने बताएका छन् ।
युवा संघ नेपाल भक्तपुरको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री बस्नेतले ८ माघमा सहमति नजुटे बहुमतबाट संविधान जारी हुने बताए । उनले भने, ‘‘सहमति नगर्ने अनि प्रकृया(बहुमत) पनि भाड्न खोजे त्यसको जवाफ जनताले फर्काउँछन् ।’’
एमाओवादी र मधेसी मोर्चाको धम्कीदेखि डराएर संविधान निर्माण प्रकृया नरोक्ने उनले बताए ।
