समाचारआइतबार, पौष १३, २०७१

कैलालीबाट लुटिएका गहना बारामा बरामद

हिमालखबर

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

कैलालीका व्यापारीको घरबाट अपरिचित दुई महिलाले घरको भूत प्रेत हटाइदिन्छु भन्दै लुटेका गरगहना प्रहरीले बाराबाट बरामद गरेको छ ।

कैलालीका व्यापारी एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालकी श्रीमती र छोरीलाईे भ्रममा पारी २६ मंसीरमा झन्डै ५२ तोला सुनका गरगहना लुटिएको थियो ।

बारा प्रहरीले करिब ३१ तोला गहना बरामद गरे पनि ठगी गर्ने गिरोहलाइ भने पक्राउ गर्न नसकेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराले १३ पुस दिउँसो पत्रकार सम्मेलन गरी जफत गरिएका बिभिन्न गर–गहना सार्वजनिक गरेको हो ।

प्रहरी निरिक्षक कुमारबिक्रम थापाको नेतृत्वको टोलीले बाराको गढीमाई नगरपालिका–७ जीतपुरस्थित नसिमनगर बस्ने इसराइल मियाँको घरबाट ३१ तोला सुनका गहना बरामद गरेको हो । मियाँसहित परिवारका अन्य सद्स्यहरु फरार भएको प्रहरी निरीक्षक कुमारबिक्रम थापाले बताए ।

प्रहरीले सार्वजनिक गरेका गहनामा रानी हार एक थान, चुरा दुइ थान, औंठी पाँच थान, सिक्री एक थान, पोते सहितको सिक्री दुइ थान, लकेट एक थान, हिरा जडित हार एक सेट, हिरा जडित सुनको औंठी एक थान, सुन जडित मोतीको माला दुइ थान, कानको टपहरु नौ सेट, र क्लिप चन्द्रमा एक थान गरी ३१ तोला सुन, हिरा तथा मोतीका बिभिन्न गरगहनाहरु छन् ।

गत २६ मंसीरमा कैलालीको धनगढी–४ का व्यापारी गोपाल हमालको घरमा घरमा हमालकी श्रीमती शारदालाई भ्रममा पारी गहना लुट्नेहरु गढीमाई नगरपालिका जीतपुरस्थित नसिम नगरका तैरुन नेसा र खैतुन नेसा रहेको पनि निरीक्षक थापाले बताए ।

गहना ठगीको उजुरी परेपछि कैलाली प्रहरीले बारा प्रहरीको सहयोग अनुसन्धान गरिरहेको थियो । बरामद गरिएको ३१ तोला सुनका गहना कैलाली प्रहरीको जिम्मा लगाइएको छ ।

प्रहरीले मोबाइल नम्बरका आधारमा ठगहरु बारामा रहेको पत्ता लगाएको अनुसन्धानका लागि बारा आएका कैलाली प्रहरीका नायव निरीक्षक निरक रावलले बताए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>