समाचारसोमबार, पौष १४, २०७१

सहमतिपछि राष्ट्रिय सरकार: ओली

हिमालखबर

नेKP_Oliकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित ८ माघभित्रै संविधान जारी हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संविधान निर्माणका विषयमा हदैसम्म लचकता अपनाउने र सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लैजाने बताए ।

उनले भने, “विभिन्न विकल्पमध्ये कुनै एक विकल्प अपनाएर तोकिएकै समयमा संविधान जारी गर्ने काम हुन्छ ।”

देशलाई नोक्सान पार्ने कुनै पनि सहमति नहुने स्पष्ट पार्दै नेता ओलीले जनताका चाहना अनुरुप संविधान दिन पार्टी लचिलो रहेको उल्लेख गरे ।

मुलुकमा १४ वटा प्रदेश बन्ने सम्भावनाबारे पत्रकारहरुले राखेको जिज्ञासा उनले प्रदेशको सङ्ख्यामा छलफल चलिरहेको जानकारी गराए ।

उनले संविधानमा सहमति भइसकेपछि राष्ट्रिय सरकार गठनको सम्भावना रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>