समाचारसोमबार, पौष १४, २०७१

पुरुषले मृर्गौला दान गरे उपचारमा ५० हजार छुट

हिमालखबर

पुरुषले मृर्गौला दान गरेर ५० हजार छुटमानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरले मिर्गौला दान गर्नेमा ८० प्रतिशत महिला रहेको जनाएको छ । केन्द्रले मिर्गौला दान गर्नेमा पुरुषको सङ्ख्या अत्यन्तै न्यून रहेको केन्द्रको भनाइ छ ।

पुरुषले मृर्गौला दान नगर्ने भएकाले केन्द्रले पुरुषले मृर्गौला दान गरेमा उपचार खर्चमा रु.५० हजार छुट दिन शुरु गरेको छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला दान गर्नेमध्ये ८० प्रतिशत महिला र २० प्रतिशत मात्रै पुरुष रहेको बताए ।

उनले पुरुषको सङ्ख्या वृद्धि गर्न केन्द्रले उपचार खर्चमा लाग्ने रकममध्ये रुं५० हजार छुट दिन शुरु गरेको जानकारी दिए ।

केन्द्रका अनुसार अहिलेसम्म ४८ जना पुरुष र आठ जना महिला गरी ५६ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण गर्नेमध्ये मिर्गौला दान गर्ने ४३ जना महिला र १३ जना पुरुष रहेका छन् ।

केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि उपचार खर्च रु.३ लाख ५० हजारको हाराहारीमा लाग्ने गर्छ ।

मिर्गौला दानमा पुरुषलाई पनि सक्रिय बनाउन सके मिर्गौलाका धेरै रोगीले मिर्गौला नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने केन्द्रका निर्देशक डा. श्रेष्ठको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>