समाचारसोमबार, पौष १४, २०७१

एमाओवादीद्वारा आन्दोलन गर्ने निर्णय, सहमतिको संभावना नभएको ठहर

हिमालखबर

एमाओवादीले दलहरुबीच सहमतिको संभावना न्यून भएको ठहर गर्दै आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । १४ पुसमा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले दलहरुबीच तत्काल सहमतिको संभावना न्यून भएको ठहर गरेको हो ।

बैठकले एमाओवादी नेतृत्वको मोर्चाले घोषणा गरेको आन्दोलनमा सहभागी हुन केन्द्रीय नेताहरुलाई निर्देशन दिएको छ । सहमतिको संभावना नभएकाले आन्दोलनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले बताए ।

कांग्रेस–एमाले सहमतिका लागि गम्भीर नदेखिएको एमाओवादी ठहर छ । एमाओवादीले आफ्ना सभासदलाई संविधानसभा छाडेर आन्दोलनका लागि जिल्लामा जान समेत निर्देशन दिएको छ ।

एमाओवादी नेतृत्वको मोर्चाले १९ पुसदेखि ५ माघसम्म विभिन्न चरणका आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>