समाचारसोमबार, पौष १४, २०७१
५५ सभासदले सम्पत्ति विवरण बुझाएनन् (सूचीसहित)
सार्वजनिक पदमा बसेर पनि एक मन्त्री र ५५ सभासदले आफ्नो सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । केन्द्रले १४ पुसमा पत्रकार सम्मेलन गरेर सहरी विकासमन्त्री नारायण खड्काले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
केन्द्रका अनुसार विभिन्न दलका ५५ सभासदले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण बुझाउनको जानकारी भने केन्द्रको वेबसाइट www.nvc.gov.np मा राखिएको छ ।
मन्त्रिपरिषद्का १३ सदस्य, तीन सभासद् र राष्ट्रपतिबाट नियुक्त वा मनोनित पाँच पदाधिकारीले ढिलो गरी सम्पत्ति विवरण बुझाएको केन्द्रका प्रवक्ता भोजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।
सार्वजनिक पद धारण गरेका तीन लाख २३ हजार २६३ पदाधिकारीमध्ये यो वर्ष दुई लाख ९९ हजार ४०४ जनाले समयमै र एक हजार ६०८ जनाले म्याद नाघेपछि सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउने २२ हजार २५१ जना पदाधिकारीलाई जनही रु.५ हजार जरिवाना गरिने क्षेत्रीले जानकारी दिए ।
सम्पत्ति विवरण नबुझाउने सभासदहरुः
१. अर्जुननरसिंह केसी
२. अम्बिका बस्नेत
३. अमृतकुमार अर्याल
४. आनन्दप्रसाद ढुङ्गाना
५. आशा विक
६. इन्द्रबहादुर बानियाँ
७. ईश्वरी न्यौपाने
८. कन्चनचन्द्रवादे श्रेष्ठ
९. कमल थापा
१०. कुमारीलक्ष्मी राई
११. केशव थापा
१२. गिरिराजमणि पोखरेल
१३. डिलबहादुर नेपाली
१४. तीर्थबहादुर लामा
१५. तेजुलाल चौधरी
१६. दिनेशप्रसाद साह
१७. दीपक बोहरा
१८. दीपशिखा शर्मा ढकाल
१९. दिलीप खवास गच्छदार
२०. दिवानसिंह विष्ट
२१. देवकरणप्रसाद कलवार
२२. धर्मेन्द्रकुमार साह तेली
२३. नरेन्द्रविक्रम नेम्बाङ
२४. निर्जला राउत
२५. पदमनारायण चौधरी
२६. बलबहादुर केसी
२७. बहादुरसिंह लामा (तामाङ)
२८. विक्रम पाण्डे
२९. विश्वेन्द्र पासवान
३०. भीमप्रसाद आचार्य
३१. महेन्द्र यादव
३२. मानपुर चौधरी
३३. मीनबहादुर विश्वकर्मा
३४. मोहनबहादुर बस्नेत
३५. राजकुमार अग्रवाल
३६. राजलक्ष्मी गोल्छा
३७. राजु थापा
३८. राजेन्द्रकुमार केसी
३९. लालबाबुसिंह भुइहार
४०. विजयकुमार सिंह
४१. विमलकुमार केडिया
४२. शक्तिबहादुर बस्नेत
४३. शम्भु पासवान हजारी
४४. डा शिवजी यादव
४५. शिला शर्मा (खड्का)
४६. सीताराम भण्डारी
४७. सीमाकुमारी विक
४८. सुजाता कोइराला
४९. सुनीलकुमार यादव
५०. सुरेन्द्रप्रसाद चौधरी
५१. सुरेन्द्रप्रसाद यादव
५२. सूर्यमान गुरुङ
५३. सञ्जयकुमार साह
५४. हरिबोलप्रसाद गजुरेल
५५. हरिबहादुर खड्का
