समाचारमंगलबार, पौष १५, २०७१

५४ तिब्बतीलाई सोलुखुम्बुमा रोकियो

हिमालखबर

५४ जना तिब्बतीलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले काठमाडौं जान रोक लगाएको छ ।

जुनवेशीस्थित थुप्तेन छोलिङ गुम्बामा बस्दै आएका तिब्बती बौद्ध धर्मावलम्बीहरु पूजापाठका लागि भन्दै १५ पुस विहान सडक मार्गबाट काठमाडौं जाँदै गर्दा प्रहरीले रोकेको हो ।

उनीहरु ‘हिमाल तराई’ र ‘दूधकुण्ड यातायात सेवा’को जीप रिजर्भ गरी सल्लेरीबाट काठमाडौं हिडेका थिए । परिचयपत्र तथा अनुमति पत्र नभएको र स्थानीय प्रशासनलाई पूर्व जानकारी नदिइएकाले काठमाडौं जानबाट रोक लगाईएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

तिब्बतीयनहरुले आफुहरु कुनै शंकास्पद गतिविधिमा नभई काठमाडौंस्थित बौद्ध गुम्बामा घुमफिर र पूजापाठका लागि जान लागेको बताएका छन् ।

चीन स्वशासित क्षेत्र तिब्बतका नागरिकहरु सोलुखुम्बुको जुनबेशीस्थित थुप्तेन छोलिङ गुम्बामा लामो समयदेखि बस्दै आएका छन् ।

सरकारले चीन विरोधी गतिविधि हुनसक्ने भएकाले तिब्बती शरणार्थीहरुमाथी कडा निगरानी राख्दै आएको छ ।

बुद्धबीर बाहिङ, सोलुखम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>