समाचारआइतबार, आश्विन २८, २०६९

प्रधानमन्त्रीलाई राजविराजमा कालो झण्डा

हिमालखबर

राजविराजमा २८ असोजदेखि शुरु हुने कृष्णा सहकारी मेलाको उद्घाटन गर्न आउने क्रममा राजविराजस्थित रुपनी रोडमा काँग्रेस, एमालेसहित प्रमुख प्रतिपक्षी दलका भ्रातृ सङ्गठनहरुले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन् ।

त्यस्तै सप्तरीका किसानहरुले जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्री भट्टराईलाई सुकेको धानको बोट प्रदान गरेका छन् । एकीकृत नेकपा माआवादी सप्तरीको मोहनपुर गाउँ कमिटीले कठौनामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीलाई किसानहरुले सुकेको धानको बोट प्रदान गरेका हुन् ।

कृषि मजदुर बेरोजगार युवा सङ्घको अगुवाइमा किसानहरुले यसवर्ष वर्षाको अभावमा धेरै ठाउँमा रोपाइँ हुन नसकेको र रोपिएका धानका बोटसमेत सुक्न लागेको भन्दै सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गरे ।

किसानहरुले प्रदान गरेको सुकेको धानको बोट ग्रहण गर्दै प्रधानमन्त्री डा भट्टराईले किसानहरुको माग जायज भएकाले सरकारले राहत उपलब्ध गराउने आश्वासन दिएका छन् ।

महिनाको अन्तिम शनिबार ग्रामिण बस्तीमा रात विताउने प्रधानमन्त्रीको कार्यक्रम अनुसार २७ असोजमा महोत्तरी गएका प्रधानमन्त्री धनुषा, महोत्तरी र सप्तरीमा विभिन्न कार्यक्रमहरुमा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>