समाचारबुधबार, पौष १६, २०७१
प्रकृयामा जाने कांग्रेसको निष्कर्ष
निर्धारित ८ माघमै
संविधान जारी गर्न निमावली संशोधन गर्नुपर्ने कांग्रेसले निष्कर्ष निकालेको छ ।
१६ पुसमा बसेको पदाधिकारी बैठकले सहमति जुट्न नसके प्रकृयाबाट संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो । सहमतिका नाममा संविधान नै नआउने अवस्था आएकाले तत्काल प्रकृया छोट्याएर संविधान जारी गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि संविधानसभामा बहस भइरहेका बेला कांग्रेसले अव संविधानसभा अध्यक्षले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ ।
संविधानसभामा कांग्रेस–एमालेलगायतका दुई तिहाई सभासदले आफ्नै दलको अडान अनुसार धारणा राखिरहेका छन् ।
