समाचारबुधबार, पौष १६, २०७१

संविधानका लागि सभासदकै आन्दोलन

हिमालखबर

नयाँ संविधान ८ माघभित्रै जारी गर्न दबाब दिन विभिन्न दलका युवा सभासदले आन्दोलन गर्ने भएका छन् । संविधान लेखनका लागि दबाब दिन विभिन्न दलका युवा सभासदले १७ पुसमा ‘संविधान निर्माणका लागि दबाब अभियान’ समूह गठन गरेका छन् ।

निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिइने नेकपा एमालेकी सभासद् गरिमा शाहले बताइन् । युवा सभासदको भेलाले अभियानअन्तर्गत घेराउ, धर्ना, हस्ताक्षर संकलन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

दलका शीर्ष नेताहरु र संविधानसभा अध्यक्षलाई भेटेर निर्धारित मितिमै संविधान लेखनका लागि दबाब दिने, सभासदबीच छलफल एवम् अन्तक्र्रिया गरिने सभासद शाहले जानकारी दिइन् ।

२५ पुसभित्र संविधान प्रक्रिया अगाडि नबढे संविधानसभामै सभासदहरुको बृहत भेला गरी थप आन्दोलन चर्काउने निर्णय भएको उनले बताइन् । भेलामा कांग्रेसका चन्द्र भण्डारी, गगन थापा, एमालेका प्रकाश ज्वाला, राजन भट्टराई, नेकपा संयुक्तकी प्रमिला राणा, नेपाल परिवार दलकी मिलन कुमारी राजवंशी लगायतका सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>