समाचारबुधबार, पौष १६, २०७१

रुकुममा जलेर दुई बालिकाको मृत्यु

हिमालखबर

रुकुमको विजेयश्वरी–५ गोतामगाउँमा आगलागीमा परी दुई बालिकाको मृत्यु भएको छ । गोतामगाउँका नरबहादुर कामीको घरमा १६ पुसमा आगलागी हुँदा उनका छोरीहरुको जलेर मृत्यु भएको हो ।

आगलागीमा परी ७ वर्षीया शुभकला विक र एक वर्षीया बालिका रुपकला विकको मृत्यु भएको प्रहरीले जनाएको छ । नरबहादुर र उनकी श्रीमती मजदुरीका लागि विजयेश्वरी बजार गएको बेला घरमा आगलागी भएको थियो ।

मजदुरीका लागि भारत गएका कामीको परिवार एक महीना अघि फर्किदा त्यहाँ कमाएको पैसाले घरका लागि आवश्यक लत्ताकपडा र अन्य सामग्री खरीद गरेको थियो ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>