समाचारबुधबार, पौष १६, २०७१

राप्रपा नेपालः फरक अजेण्डा, फरक शैली

हिमालखबर

-सइन्द्र राई

10

राप्रपा नेपालले ९ पुसदेखि गरिरहेकाे मेची–महाकाली रथ यात्राका तस्वीरहरु

समानुपातिक र मनोनित गरी २६ सीटसहित चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपाल संविधानसभामा अरु दलभन्दा फरक अजेण्डा र कार्यक्रमको प्रतिनिधित्व गर्छ ।

5

महेन्द्रनगरमा अायाेजित सभालाई सम्बाेधन गर्दै पार्टी अध्यक्ष कमल थापा

दोस्रो जनआन्दोलन २०६२/०६३ को बलमा बनेको अन्तरिम संविधानको विरोध गरे पनि राप्रपा नेपालले बिमतिसहित उक्त संविधान मान्छ । अन्तरिम संविधान अनुसार भएको दुवै निर्वाचनमा सहभागी यो दल नयाँ संविधानमा आफ्नो अजेण्डा स्थापित गर्न चाहन्छ, अरु दलहरू जस्तै ।

6

राप्रपा नेपालले ९ पुसदेखि गरिरहेकाे मेची–महाकाली रथ यात्राका तस्वीरहरु

तर, संविधानसभाका कतिपय दलहरू जसरी आफ्नो माग पूरा नभएको बदलामा  आमहड्ताल वा हिंसाका पक्षमा राप्रपा नेपाल छैन । उल्टो असहमतिसहित निर्धारित मितिमा संविधान जारी गर्न सरकारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ ।

राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘‘लोकतन्त्रको खिलाफ हुनेगरी विधि र प्रकृयाको विरोधमा राप्रपा नेपाल जाँदैन । जनमतको कदर गर्दै संविधानसभाबाट बन्ने संविधान मान्छौं ।’’

अघिल्लो संविधानसभामा संवैधानिक राजतन्त्रको पक्षमा बलियो आवाज उठाएको राप्रपा नेपाल दोस्रो संविधानसभा निर्वाचनपछि हिन्दू धर्मको पक्षमा वकालत गर्दैछ ।

संविधानका अन्तरवस्तुमा दलीय विवाद मिलाउन काठमाडौंमा रस्साकस्सी चलिरहेका बेला राप्रपा नेपाल भने मेची–महाकाली रथ यात्रामा छ ।

3

महेन्द्रनगरमा अायाेजित सभा

9

राप्रपा नेपालले ९ पुसदेखि गरिरहेकाे मेची–महाकाली रथ यात्राका तस्वीरहरु

2

८ माघमै संविधान

अन्तरिम संविधानले मुलुकलाई धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेको छ, राप्रपा नेपालको यसैमा बिमति छ ।
जनआन्दोलनबाट ल्याइएको र संविधानसभाबाट संस्थागत गर्न खोजिदै गरेको यो व्यवस्था जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने माग राख्दै आएको राप्रपा नेपालले आफ्नो अजेण्डा अल्पमतमा पर्ने राम्ररी बुझेको  छ ।

तर, आफ्नो अजेण्डा बदल्ने पक्षमा उक्त पार्टी छैन । पार्टीका सह–प्रवक्ता श्रेष्ठ भन्छन्, ‘‘जनताले हामीहरुलाई साथ दिदैछन्, यो पटकको रथ यात्राले त्यसलाई पुष्टी गरेको छ ।’’

संविधानसभा भन्दा बाहिर संविधानका अन्तरवस्तुमाथि भइरहेको छलफल र सहमतिको विरोध गर्दै आएको राप्रपा नेपालले पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई संविधानसभामा पार्टीको आधिकारिक धारणा राख्ने जिम्मेवारी दिएर रथयात्रा गरिरहेको छ ।

निर्धारित मितिमै हिन्दू सनातन राष्ट्रसहितको संविधान जारी गराउन दबाव दिन भन्दै ९ पुसमा झापाबाट शुरु भएको राप्रपा नेपालको रथयात्रा १८ पुसमा काठमाडौंको खुल्लामञ्चमा सकिदैछ ।

१६ पुससम्म ९९ वटा सभा सकेको राप्रपा नेपालले यात्रा अवधिभर १०८ वटा सभा गर्दैछ । १०८ बटुक, १०८ प्रतिकात्मक गाई, १०८ त्रिशुल, ५ वटा धार्मिक झाँकीसहित चलेको रथयात्राले ३० जिल्लाको १९२९ किलोमिटर दूरी पार गर्ने बताइएको छ ।

पहिलो संविधानसभामा पनि आफ्ना अजेण्डा समावेश गर्नका लागि दबाव दिन भन्दै रथयात्रा गरेको राप्रपा नेपालले यसपटकको संविधानसभामा बढी सिट जितेको छ ।  लाखौं जनताले आफ्नो यात्रालाई स्वस्फूर्त समर्थन गरेको उक्त पार्टीले दावी गरेको छ ।

१८ पुसमा खुल्लामञ्चमा हुने बृहत सभामा हजारौंको सहभागिता हुने श्रेष्ठ बताउँछन् ।

मन जित्ने प्रयास

सांस्कृतिक र धार्मिक झाँकीसहित जनताको मन जित्ने प्रयत्न गरिरहेको राप्रपा नेपालले सामाजिक सुधारका प्रतिवद्धता पनि रथयात्राका क्रममा व्यक्त गरिरहेको छ ।

पार्टी अध्यक्ष कमल थापाले भाषणमै हिन्दू धर्ममा रहेको विद्यमान विकृति र विसंगतिको अन्त्य गरिने बताउँदै आएका छन् ।

उनले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रमा विद्यमान विभेद अन्त्य गर्ने, जातीय छुवाछुत, महिला हिंसा , लैंगिक विभेद, बालविवाह र बहुविवाह, दाइजोलगायत सामाजिक  विकृतिको अन्त्य र भ्रष्टाचार नगर्ने प्रतिवद्धता जाहेर गर्दै हिडेका छन् ।

राप्रपा नेपालले ९ पुसदेखि गरिरहेकाे मेची–महाकाली रथ यात्राका तस्वीरहरु

राप्रपा नेपालले ९ पुसदेखि गरिरहेकाे मेची–महाकाली रथ यात्राका तस्वीरहरु

4 7 12

शाकाहारी भोजन

धर्मका नामबाट जनताको मन जित्न लागि परेको राप्रपा नेपालले रथयात्राका क्रममा पूर्ण शाकाहारी भोजन गर्दै आएको छ ।

पार्टीको जिल्ला, क्षेत्र, नगर र गाउँ कार्यसमितिले रथयात्रामा हिडेकालाई शाहाकारी भोजन तयार पार्ने गरेका छन् ।

118

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>