समाचारबुधबार, पौष १६, २०७१

सिमरामा रात्रिकालीन परीक्षण उडान

हिमालखबर

Simara Airport Ma Ratri Udan 1सिमारमा रात्रिकालीन उडानका लागि झण्डै दुई बर्षसम्मको तयारी सम्पन्न भएको छ । काठमाडौंबाट रात्रीकालीन परीक्षण उडानमा आएको बुद्ध एयरको विमान साँझ ५ः४५ बजे सिमरा विमानस्थलमा अवतरण गरी साँझ ६ः४५ बजे काठमाडौंतर्फ उडेको छ ।

सिमरा विमानस्थल प्रमुख परवेज आलम सिद्दीकीले उक्त उडान पहिलो रात्रिकालीन परीक्षण उडान भएको बताए ।

परीक्षण उडानमा राजधानीबाट आएका नागरिक उड्डयन प्राधिकरणका निर्देशक महेशकुमार बस्नेतका अनुसार रात्री उडानका लागि आवश्यक एप्रोच लाईट , पपी लाईट, मौसम र दिशानिर्देश गर्ने जस्ता सम्पूर्ण उपकरणहरु जडान भइसकेको र अब सिमरामा रात्रीकालीन उडान हुनसक्ने पुष्टी भएको जानकारी दिए ।

विमानस्थल प्रमुखले अर्को साताबाट सिमरा विमानस्थलमा नियमित रात्री उडान शुरु हुने जानकारी दिए ।

सिमरा विमानस्थलमा रात्री उडानको लामो प्रतिक्षा गरिरहेका यस क्षेत्रका उद्योगी, व्यवसायी र सर्वसाधारण समेत हर्षित भएका छन् ।

अहिले काठमाडौं बाहेक विराटनगर, भैरहवा र नेपालगञ्ज विमानस्थलमा रात्री उडान हुने गरेको छ ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>