थप समाचारबिहीबार, पौष १७, २०७१
भेडेटारमा खाना महोत्सव
धनकुटाको पर्यटकीयस्थल भेडेटारमा खाना महोत्सव शुरु भएको छ । “भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने चाहना” भन्ने नाराकासाथ १६ पुसदेखि भेडेटारमा खाना महोत्सव शुरु भएको हो ।
होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा शुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ । तीन वर्ष अघि देखि भेडेटारमा वर्षेनी खाना महोत्सव हुँदै आएको छ ।
महोत्सवमा विभिन्न जातीय खानाहरु आकर्षणको रुपमा रहेको छ । महोत्सवमा ३० वटा स्टलमा स्थानीय जातीय खानासँगै भारतीय खाना, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल राखिएका छन् ।
महोत्सवको पहिलो दिनमै तीन हजार आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ ।
सन्तोष रुचाल, धनकुटा

