समाचारआइतबार, आश्विन २८, २०६९

पुनःस्थापनाको चर्चा सत्ता लम्बाउने जालः नेता नेपाल

हिमालखबर

राजधानीमा आयोजित पुस्तक प्रदर्शनीको असोज २८ मा अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपालले संविधानसभा पुनःस्थापनाले मुलुकलाई निकास दिन नसक्ने भन्दै  पुनःस्थापनाको चर्चालाई बेमौसमी बाजा भने ।

वर्तमान कामचलाउ सरकारको नेतृत्वमा नयाँ निर्वाचनमा जान नसकिने भन्दै उनले यस सरकारको बहिर्गमनपछि मात्रै नयाँ निर्वाचनको ढोका खुल्ने र दलहरूका बीचमा राजनीतिक सहमति कायम हुने धारणा राखे ।

नेता नेपालले मुलुकलाई निकास दिन दलहरू असफल भएमा राष्ट्रपतिले राजनीतिक दलहरूको सहमति र विश्वास जितेर उचित कदम चाल्नुपर्ने पनि वताए ।

प्रदर्शनी अवलोकनका क्रममा रु पाँचहजार ९८२ मूल्य बराबरका विभिन्न लेखकका २५ थान पुस्तक किनेका  नेता नेपालले पुस्तक अध्ययनमा रुची भए पनि राजनीतिक नेतृत्वमा भएकाले धेरै पुस्तक पढ्न नपाएको बताएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>