थप समाचारबिहीबार, पौष १७, २०७१
बलात्कारको उजुरी दिएको भन्दै गोली प्रहार
बलात्कारको उजुरी दिएको भन्दै हिरमिनिया–५, बाँकेका ६५ वर्षीय गोबरे कोरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ ।
कोरीले आफ्नो छोरी बलात्कारमा परेको भन्दै प्रहरीमा उजुरी दायर गरेकाे भन्दै घर बाहिर बाेलाएर उनलाई १६ पुस राति गोली प्रहार गरिएको थियो ।
पेटमा गोली लागेका कोरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गोली कलेजोमा अड्केको अस्पतालले जनाएको छ ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।
केशव राना, बाँके
