समाचारबिहीबार, पौष १७, २०७१
६ एसएसपीको बढुवा, ३७०असई बढुवा सिफारिसमा (नामसहित)
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
१७ पुसमा बसेको मन्त्रिपरिषद बैठकले एसएसपीहरु सुरज श्रेष्ठ, दुर्गा कुँवर, अरविन्द धिताल, राजेश श्रेष्ठ, बाबुराम पाण्डे र रवि थापालाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै, जनपथ प्रहरीका ३७० जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।
बढुवाका लागि सिफारिसमा पर्नेहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।
* यो समाचारमा असईबाट बढुवा भई सई भएको हुनु पर्नेमा यसअघि अन्यथा भएकोले स- खेद सच्चाइएको छ ।
