समाचारबिहीबार, पौष १७, २०७१

सबै दलले त्याग गर्नुपर्छः दाहाल

हिमालखबर

सबै दलले त्याग गर्नुपर्छः दाहाल

तस्वीरः सानुबाबु तिमिल्सिना

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै दलले त्याग र लचकता देखाए संविधान जारी हुने बताएका छन् । १७ पुसमा चौंथो धादिङ महोत्सवको समामानमा बोल्दै उनले सबै दलले लचकता देखाए अझै संविधान जारी हुन सक्ने संभावना रहेको बताएका हुन् ।

उनले अब कांग्रेस–एमालेले लचकता देखाउनुपर्ने बताए । उनले भने, “पहिलो संविधानसभामा पहिलो पार्टीको हैसियतले धेरै त्याग गरेका थियौं, अब पहिलो र दोस्रो पार्टी कांग्रेस–एमालेले त्याग गर्न सक्नुपर्छ ।”

माघमा संविधान जारी गर्नुपर्नेमा कुनै दुविधा नभएको उनको भनाइ छ । उनले संविधान जारी गर्न सबै दलको उत्तिक्कै जिम्मेवारी रहेकोमा जोड दिए ।

“दलहरुबी अझै पनि सहमति जुट्ने संभावना छ, सहमति जुटेमा तोकिएकै समयमा संविधान जारी हुन्छ,” उनले भने ।

सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>