समाचारशुक्रबार, पौष १८, २०७१

सभाध्यक्षको प्रस्ताव सकारात्मकः कांग्रेस

हिमालखबर

Congress-Flagचार दिनभित्र सहमति जुटाउन नसके संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी संविधानसभाका अध्यक्षलाई नै दिनुपर्ने प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिने निर्णय गरेको छ ।

१८ पुस विहान बसेको पदाधिकारी बैठकले निर्धारित ८ माघमा संविधान जारी गर्न सभाध्यक्षको प्रस्ताव स्वीकार्नुपर्ने निर्णय गरेको हो ।

सरकारको नेतृत्व गरिरहेको संविधानसभाको पहिलो दल नेपाली कांग्रेसले संविधानसभालाई असफल हुन दिनबाट जोगाउन सभाध्यक्ष सुवास नेम्वाङको प्रस्ताव अनुसार छलफल अघि बढाउने निर्णय गरेको सहमहामन्त्री पूर्ण खड्काले बताए ।

उनका अनुसार १८ पुस दिउँसो २ बजे कांग्रेस–एमाले र ४ बजे चार दलको बैठक हुँदैछ । खड्काले भने, ‘‘यी दुई बैठक अनुसार राजनीतिक बातावरण निर्धारण हुन्छ ।’’

नेम्वाङको प्रस्तावमा कांग्रेस र एमाले सकारात्मक देखिएका छन् भने एमाओवादी र मधेश केन्द्रित दलले समर्थन गर्न नसकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>