समाचारशुक्रबार, पौष १८, २०७१
सभाध्यक्षको प्रस्ताव विरुद्ध खनिए एमाओवादी
एमाओवादीले पत्रकार सम्मेलन गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राखेको प्रस्तावमा असहमति जनाएको छ ।
१८ पुसमा नियमित पत्रकार सम्मेलनका क्रममा एमाओवादीले सभाध्यक्ष नेम्वाङले एमालेकै जस्तो प्रस्ताव ल्याएको जनाएको हो ।
संविधानसभामा कांग्रेस–एमालेकै हालीमुहाली भएको र सभाध्यक्ष नेम्वाङको प्रस्ताव त्यसैलाई बल पुग्नेगरी आएको बताए । एमाओवादीले ८ माघमा संविधान नल्याउने खेलमा यो प्रस्ताव आएको जनाएको छ ।
कार्य व्यवस्था परामर्स समितिको बैठकमा नेम्वाङ अवको ४ दिनभित्र सहमति नजुटे संविधानको मस्यौदा प्रस्ताव गर्ने जिम्मा आफुलाई दिन आग्रह गरेका थिए ।
यो प्रस्तावलाई एमाओवादीले रेफ्रीले नै गोल गर्न खोजेको भन्दै असहमति जनाइरहेको छ भने सत्तारुढ दलहरुले सकारात्मक प्रस्ताव भनेको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिकाे प्रतिवेदनमाथि २९ मंसीरदेखि संविधानसभामा जारी बैठकमा पनि एमाअाेवादी सभासदहरुले नेम्वाङकाे अालाेचना गरेका छन् भने सत्तारुढ दलका सभासदहरुले समर्थन जनाएका छन् ।
