समाचारशुक्रबार, पौष १८, २०७१

‘संवाद समिति संविधान बन्न नदिने हतियारका रुपमा प्रयोग भयो’

हिमालखबर

उपप्रधानमन्त्री वामदेव गौतमले घातक विचार राख्नेहरुले संविधान जारी हुन नदिन जतिसुकै प्रपञ्च गरे पनि पनि ८ माघमै नेपाली जनताले संविधान पाउने निश्चित भएको दाबी गरेका छन ।

नेकपा एमालेको केन्द्रीय कार्यक्रमअनुसार १८ पुुसमा आयोजित बाँके जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री वामदेव गौतमले संविधान निर्माण हुन नदिन गैरराजनीतिक मोर्चाबन्दी गरिएको आरोप लगाउँदै नेपाली जनताको अधिकारसहितको संविधान जारी हुनबाट अब कसैले रोक्न नसक्ने बताए ।

“संविधानसभा बैठकबाट मतका आधारमा प्रक्रिया पुर्‍याएर संविधान जारी हुन्छ” गौतमले भने, “कसैले च्यात्छु, जलाउछुँ भन्दैमा संविधान जल्दैन, नेपाली जनताको अधिकार जल्दैन, च्यातिँदैन ।”

सहमतिका आधारमा संविधान निर्माण गर्न एमाओवादी नेता बाबुराम भट्टराईलाई संवैधानिक राजनीतिक संवाद तथा सहमतिको अध्यक्षको जिम्मेवारी दिइएकोमा एमाओवादीले त्यसलाई संविधान निर्माण हुन नदिने हतियारका रुपमा प्रयोग गरेको आरोप उनले लगाए ।

दोस्रो संविधान निर्वाचनपछि संविधानसभा बैठकमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले एक वर्षमा संविधान निर्माण गर्ने भनेर मिति तय गरेको स्मरण गराउँदै उनले भने, “अहिले संविधान निर्माण हुन नदिन ३० दलको नाममा मोर्चाबन्दी गर्न पाइन्छ र ?”

गौतमले ८ माघमा नेपाली जनताले संविधान पाउने निश्चित भएको बताउँदै जारी हुने संविधानमा केही विषय टुङ्ग्याउन बाँकी छन् भने व्यवस्थापिका –संसद्बाट टुङ्ग्याइने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>