समाचारशुक्रबार, पौष १८, २०७१

पेट्रोल र डिजेलको भाउ फेरि घट्यो

हिमालखबर

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ घटाएको छ ।

निगम सञ्चालक समितिको १८ पुसमा बसेको बैठकले पेट्रोलमा रु २.५० तथा डिजेल र मट्टितेलमा दुई दुई रुपैयाँ  घटाएको प्रवक्ता मुकुन्द घिमिले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
घटेको मूल्य अनुसार पेट्रोल प्रति लिटर रु ११३.५० तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ९० भएको छ । घटेको मूल्य १८ पुस रातिदेखि लागु हुने निगमले जनाएको छ ।
खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।

१५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>