समाचारशनिबार, पौष १९, २०७१

सीके राउतको कार्यक्रममा रोक

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

मोरङ प्रशासनले स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै आएका सीके राउतको कार्यक्रमको प्रचारप्रसार गर्न रोक लगाएको छ ।

मोरङको विराटनगरमा १९ पुसमा राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ले आमसभा गर्ने थाहा भएपछि प्रशासनले कार्यक्रम र प्रचारप्रसारमा रोक लगाएको हो ।

गठबन्धनले विराटनगरको डिग्री क्याम्पसमा सभा गर्ने भन्दै प्रचारप्रसार गरिरहेको थियो । प्रशासनले प्रचारप्रसारमा रोक लगाउँदै राउतको आमसभासमेत गर्न नदिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राष्ट्रिय अखण्डताविरुद्ध प्रचारप्रसार भइरहेका कारण राउतको सभाको प्रचारप्रसार र सभा आयोजना गर्न रोक लगाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>