थप समाचारशनिबार, पौष १९, २०७१

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार

हिमालखबर

satyamohan_joshi‘शताब्दी पुरुष’ बाट सम्मानित संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएको छ ।

९५ वर्षीय जोशीले सेवन गर्दै आएको एन्टिबाएटिक १८ पुसदेखि बन्द गरिएको छ । उनी अझै एक साता अस्पतालमा नै बस्नु पर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

संस्कृतिविद् एवम् साहित्यकार जोशीलाई गत मङ्सिर २१ गते फोक्सोको रोगका कारण स्थानीय बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा हालसम्म रु ९ लाख ६७ हजार खर्च भइसकेको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जोशीको फोक्सोमा पानी जम्मा भइरहने कारण उनको दाहिनेपट्टि छातीमा शल्यक्रिया गरेर ट्युब राखिएकोमा हाल हटाइएको शताब्दी पुरुष महोत्सव समारोहको आयोजक त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>