समाचारशनिबार, पौष १९, २०७१
वैद्य माओवादीकोे जिल्ला कमिटी चन्दमा विलय
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको ताप्लेजुङ जिल्ला कमिटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी मा बिलय भएको छ ।
१९ पुसमा पत्रकार सम्मेलन गरी नेकपा–माओवादीका ताप्लेजुङ इञ्चार्ज सुमनले जिल्ला कमिटी नै नेत्रविक्रम चन्दको नेकपा माओवादीमा विलय भएको जानकारी दिए ।
१७ पुसदेखि बसेको जिल्ला कमिटीको बैठकले कार्यदिशा, कार्यक्रम र कार्य नीति राम्रो भएकाले चन्द समूहमा विलय भएको सुमनले बताए ।
उनका अनुसार जिल्ला कमिटीसँगै गाउँ र इलाका कमिटी पनि चन्द समूहमै समाहित गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले सुमन को नेतृत्वमा राज कुमार चुडाल र राजन पौडेल सह–सचिव रहने गरी ५९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ भने, २३ पुसबाट हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन ५ जना प्रतिनिधिको समय चयन गरेको छ ।
लक्ष्मी गौतम, ताप्लेजुङ
