समाचारशनिबार, पौष १९, २०७१
सीके राउत विराटनगरबाट पक्राउ

फाइल तस्वीर
मोरङ प्रशासनले स्वतन्त्र मधेश राष्ट्रको माग गर्दै विराटनगरमा सभा गर्न लागेका सीके राउतलाई पक्राउ गरेको छ ।
मोरङको विराटनगरमा १९ पुसमा राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ले गर्ने आमसभामा स्थानीय प्रशासनले रोग लगाए पनि राउत अवज्ञा गर्दै ‘एक्कासी’कार्यक्रम स्थल डिग्री क्याम्पस पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी मोरङले पक्राउ गरी उनलाई नियन्त्रणमा लिएको छ । राउत पक्राउ परेपछि प्रदर्शनमा उत्रिएका उनका केही समर्थकहरुमाथि प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले राष्ट्रिय अखण्डताविरुद्ध प्रचारप्रसार भइरहेका कारण राउतको सभाको प्रचारप्रसार र सभा आयोजना गर्न रोक लगाइएको बताए ।
१३ पुसमा पनि महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोकमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा पक्राउ परेका राउतलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिइ छोडेको थियो ।
यसअघि देशद्रोहको अभियोगमा पक्राउ परेका राउत विशेष अदालतबाट रु ५० हजार धरौटीमा छुटेका थिए ।
कमल रिमाल, विराटनगर
