थप समाचारशनिबार, पौष १९, २०७१
न्यायाधीश बम हत्याका आरोपी पक्राउ

न्यायाधीश रणबहादुर बम
प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले अहिले ४ बजे हेडक्वार्टरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै छ ।
बमको इजलासले आफ्ना समूहका मान्छेलाई जेल पठाएको भन्दै बदलाको लागि हत्या गरिएको प्रहरीको भनाई छ ।
बम हत्याको अनुसन्धान गरिरहेको प्रहरीले केही समय अघि चुरेभावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ता बाबु थापालाई पक्राउ गरेको थियो ।
न्यायाधीश बममाथि काठमाडौंको शंखमुल नजिक बागमती किनारमा १८ जेठ २०५९ बिहान ११ बजे तीन राउण्ड गोली प्रहार भएको थियो भने उनका अंगरक्षकलाई पनि गोली हानिएको थियो । मोटरसाइकलमा रहेका दुई जनाले न्यायाधीश बमको कार रोकेर गोली हानेका थिए ।
गोली प्रहारबाट घाइते न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
