थप समाचारसोमबार, पौष २१, २०७१
बन्ने भो सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भवन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भवन शिलान्यास गर्दै उपकुलपति प्रा.डा.जयराज अवस्थी । तस्वीरः बच्चु विक
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको भवनको शिलान्यास भएको छ । सुप विश्वविद्यालयका उपकुलपति प्रा.डा. जयराज अवस्थीले २१ पुसमा केन्द्रीय कार्यालय भवन र विज्ञान तथा प्रविधी संकायको भवन शिलान्यास गरेका हुन् ।
कार्यालय भवन शिलान्यासपछि उपकुलपति प्रा.डा. अवस्थीले पाँच वर्षभित्र केन्द्रीय कार्यालय भवन आधुनिक मनोरम वातावरणसहितको बन्ने जानकारी दिए । ‘‘सुदूरपश्चिमका जनताको चाहना अनुरुप विश्वविद्यालय सञ्चालन भइसकेको छ,’’ उनले भने ।
उनले सुदूरपश्चिमका सबै जिल्लामा आंङ्गिक क्याम्पस बनाउने तयारीमा रहेको जानकारी दिए ।
शिलान्यास गरिएका दुवै भवन रु.२० करोडको लागतमा निर्माण हुन लागेको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन रु.१२ करोड ७ लाख तथा विज्ञान तथा प्रविधि संकायको भवन रु. ७ करोड ३ लाख ९६ हजारमा निर्माण गर्ने ठेक्का स्वीकृत भएको रजिष्ट्रार प्रा.डा.हेमराज पन्तले जानकारी दिए ।
बच्चु विक, महेन्द्रनगर
