समाचारसोमबार, पौष २१, २०७१

८ माघमै संविधान माग गर्दै जनदबाब र्‍याली

हिमालखबर

तोकिएको समयमा संविधान माग गर्दै विभिन्न संघसंस्थाले ‘संयुक्त नागरिक खबरदारी र्‍याली’ गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दबाब सिर्जना गर्न लोकतान्त्रिक, मानवअधिकारमैत्री र समावेशी संविधान निर्माण गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

र्‍यालीको नेतृत्व गर्दै गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सर्मिला कार्कीले दलहरु विदेशी इसारामा लाग्नुभन्दा पनि आफ्नै नैतिक मूल्य मान्यता र घोषणापत्र हेरेर संविधान निर्माण गर्नुपर्ने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकु¥यालले पहिलो संविधानसभाले संविधान बनाउन नसकेको स्मरण गराउँदै दोस्रो संविधानसभाले तोकिएकै मितिमा संविधान दिनुपर्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले सभासद्हरुले आफ्नो भूमिका बुझेर संविधान निर्माणका लागि शीर्ष नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>