थप समाचारमंगलबार, पौष २२, २०७१

चितवनका दृष्टिविहीनलाई डेनमार्कबाट सेतो छडी

हिमालखबर

चितवनका दृष्टिविहीनलाई डेनमार्कबाट सेतो छडीचितवनका दृष्टिविहीनलाई डेनमार्कमा रहेका नेपालीले सेतो छडी प्रदान गरेका छन् । डेनमार्कको कोपनहेगनबाट संचालित मण्डला अनलाइन, लायन्स क्लब अफ लंकु चितवन र चितवन नेत्रहीन संघले चितवनमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा १५ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको हो ।

कोपनहेगठन सांगीतिक कार्यक्रम गरेर संकलित रकमबाट सेतो छडी किनेर वितरण गरिएको गैह्र आवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक सोम सापकोटाले जानकारी दिए ।

कोपनहेगठनमा २१ डिसेम्बर २०१४ मा सांगीतिक कार्यक्रम गरेर रकम संकलन गरिएको थियो । सापकोटाले चितवनकै दृष्टिविहीनलाई वितरण गर्न भारतबाट थप चार सय सेतो छडी झिकाइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>