समाचारमंगलबार, पौष २२, २०७१

संविधान नबने पनि सरकार फेर्नुपर्छः महेश बस्नेत

हिमालखबर

Mahesh-Basnetउद्योगमन्त्री महेश बस्नेतले ८ माघपछि नैतिकताका आधारमा वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनहुनु पर्ने बताएका छन् ।

युवा संघ नेपालले २२ पुसमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले संविधान जारी भए पनि नभए पनि कोइराला नेतृत्वको सरकार  सरकार परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, “कांग्रेस एमालेको वर्तमान सरकार ८ माघमा संविधान जारी गर्न बनेको हो, त्यसपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ ।”

सभाध्यक्षले द्रुतमार्गबाट ८ माघमा संविधान जारी गर्न नसके पनि संविधानको मस्यौदासम्म जारी गर्ने प्रस्ताव गर्नु राम्रो पक्ष भएको भन्दै उनले त्यसमा कांग्रेस, एमाओवादी र मधेश केन्द्रित दल मिल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>