समाचारमंगलबार, पौष २२, २०७१
अर्थमन्त्री नर्भिक अस्पतालमा भर्ना
स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री रामशरण महत काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
भएका छन् ।
२१ पुस साँझबाट पेट पेट दुख्न थालेपछि उनलाई अस्पाताल भर्ना गरिएको हो ।
उनको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा.मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।
पत्थरीको शल्यक्रिया ६ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएको उनका स्वकीय सचिव रमेश महतले बताए । रासस
