समाचारमंगलबार, पौष २२, २०७१

बलात्कारका अभियुक्तलाई १८ वर्ष जेल

हिमालखबर

काभ्रे जिल्ला अदालतले छोरीमाथि बलात्कारका अभियुक्त पनौती–२, काभ्रेका प्रकाशबहादुर कार्कीलाई १८ वर्ष कैद सजाय तथा रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

काभ्रे जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले २२ पुसमा गरेको फैसलामा हाडनाता करणी र बलात्कारको मुद्दामा हदैसम्म सजायको फैसला सुनाएको वादीका तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

१० वर्षकी छँदा हजुरबुबाबाट बलात्कृत हुन थालेकी १९ वर्षीया युवतीले बाबुबाट समेत त्यही अपराध दोहोरिन थालेपछि गत ३० साउनमा आत्महत्याको असफल प्रयास गरेकी थिइन्।

आफ्नै नातिनीलाई बलात्कार गरेको कुरा सार्वजनिक भएपछि  ७२ वर्षीय  इन्द्रबहादुर कार्कीले गत २ भदौमा विष सेवन गरी  आत्महत्या गरेका थिए ।

अहिले उनी गैर–सरकारी संस्था रक्षा नेपालको आश्रयमा छिन्।

यस सम्बन्धी विस्तृत रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>