समाचारबुधबार, पौष २३, २०७१

एक केजी नुन लिन कैयौं दिनको हैरानी

हिमालखबर

इन्टरनेट तस्वीर

इन्टरनेट तस्वीर

साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले जिल्ला भरका लागि एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन २२ पुसमा वितरण गरेको छ ।

यसपछि डोल्पामा चैत महिनामा मात्र नुन वितरण हुनेछ । जिल्लाका भोट क्षेत्रका ६ वटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी भन्सार, तिब्बत हँुदै डोल्पाको तिन्जे डिपो कार्यालयबाट वितरण हुने गर्दथ्यो । यस पटक १७ वटै गाविसलाई सदरमुकाम दुनैबाटै वितरण भएको छ ।

पाँच सदस्य भएको घरमा मासिक एक केजी, ६ देखि १० जना भएकालाई दुई केजी र त्योभन्दा धेरै सदस्य भएमा मासिक तीन केजी दिने गरिएको छ ।

विगतका वर्षमा सदरमुकामभन्दा केही टाढा रहेका गाविसमा ठेकेदारद्वारा ढुवानी गरी पाएक पर्ने ठाउँमा वितरण हुन्थ्यो । अहिले सदरमुकामबाट मात्र आयोडिन युक्त नुन वितरण हुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्च गरेर नुन लिन आउन बाध्य छन् ।

तीन महिनामा एक पटक वितरण गरिने नुनमा पहँुच भएका व्यक्तिले तोकिएको मापदण्डभन्दा बढी नुन पाएको तर गाउँबाट नुन लिन आएका सर्वसाधारणले नुन पाउन निकै मुस्किल भएको सर्मी गाविसका लालबहादुर बुढाले दुखेसो पोखे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>