समाचारबुधबार, पौष २३, २०७१

कांग्रेस–एमालेका जनजाति सभासदहरुको छुट्टै भेला

हिमालखबर

नेपाली कांग्रेस र नेकपा एमाले समर्थित संविधानसभामा प्रतिनीधित्व गर्ने आदिवासी जनजाति सभासदहरुले छुट्टै भेला गरेका छन् ।

आदिवासी जनजाति महासंघको समन्वयमा २३ पुसमा जनजाति सभासदहरुको भेला भएको हो । भेलामा नेकपा एमालेका सचिव पृथ्वीसुव्वा गुरुङ, पोलिट्ब्यूरो सदस्य किरण गुरुङलगायत र कांग्रेसका नेता दिलमान पाख्रिन, तारामान गुरुङलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले नयाँ संविधान जनजातिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । सभासदहरुले समावेशी राज्य निर्माणका लागि निर्वाचन प्रणालीमा नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए ।

कांग्रेस र एमालेमा झण्डै १५० सभासद जनजाति छन् । ८ माघ नजिकिइरहेका बेला कांग्रेस–एमाले–राप्रपाले तय गरेको संयुक्त प्रस्तावलाई केही संशोधन गरेर जनजातिमैत्री बनाउनुपर्नेमा सभासदहरुले जोड दिएको सभासद तथा जनजाति महासंघका महासचिव पेम्बा भोटेले बताए ।

भेलामा एमाओवादीलगायतका अन्य दलका सभासदहरुलाई भने बोलाइएको थिएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>