समाचारबुधबार, पौष २३, २०७१

ओलीले माफी नमागेसम्म एमालेसँग वार्ता नगर्नेः मधेशी मोर्चा

हिमालखबर

२३ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चारपक्षीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई होच्याएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उनले माफी नमाग्दासम्म एमालेसँग वार्तामा सहभागी नहुने निर्णय गरेको छ ।

संविधानका विवादित विषयमा छलफलका लागि प्रधानमन्त्री सुशील कोइरालाले २३ पुसमा बालुवाटारमा बोलाएको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरु सहभागी बैठकमा प्रदेशहरु निर्माण गर्दा तराईका पाँच जिल्ला मधेशबाट अलग हुन नदिने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मागलाई अस्वीकार गर्दै ओलीले ‘बेतुकको कुरा’ र ‘के समथर भूभाग सबै मधेशमै राख्ने भए युपी र बिहारलाई पनि मधेशमा मिसाउने ?’ भनेको र उक्त अभिव्यक्तिले आफूहरुको अपमान भएको मोर्चाले ठहर गरेको छ ।

मोर्चाका ६ जना नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “…संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नेकपा एमालेसँग वार्तामा सहभागी नहुने तर बाँकी दलहरुबीच वार्तालाई जारी राख्ने निर्णय गर्दछ ।”

morcha

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>