समाचारबिहीबार, पौष २४, २०७१
जचुकाली पुनःसञ्चालन गरिने: महेश बस्नेत
उद्योग मन्त्री महेश बस्नेतले जनकपुर चुरोट कारखानालाई जनताको साझेदारीमा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
उनले व्यवस्थापन पक्षलाई निजीकरण गरी बन्द अवस्थामा रहेको चुरोट कारखानालाई सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
आर्थिक अभावका कारणले करिब तीन वर्षदेखि बन्द रहेको कारखानाको निरीक्षण पश्चात् उनले व्यवस्थापन पक्षलाई निजी क्षेत्रलाई भाडामा दिने र जमिन, उपकरण तथा भवनलाई सरकारकै स्वामित्वमा राखेर यथाशीघ्र सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
अर्थमन्त्री रामशरण महतको अध्यक्षतामा निजीकरण समिति गठन गरिएको बताउँदै बस्नेतले भने, “समितिले स्वीकृति दिएको एक महिनाभित्र नै कारखाना सञ्चालनको प्रक्रिया अगाडि बढाइनेछ ।”
उनले जनकपुर चुरोट कारखाना जस्तै बन्द अवस्थामा रहेको आठ वटा कारखानालाई व्यवस्थापन निजी क्षेत्रलाई भाडामा दिएर सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको बताए । रासस
