समाचारबिहीबार, पौष २४, २०७१
भारतीय राजदूत अाेलीलाई भेट्न बालकाेट पुगे

एमाले अध्यक्ष अाेली र भारतीय राजदूत रे अाेली निवास वालकाेटमा । तस्वीर: अानन्दराम डंगाेल
नेपालका लागि भारतीय राजदूत रञ्जित रे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोट पुगेका छन् ।
२४ पुस बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका राजदूत रे साँझ ५ बजे ओली निवास वालकोट पुगेका हुन् ।
रे र ओलीबीच अहिले कुराकानी भइरहेको छ । उनीहरुबीच संविधान निर्माण प्रकृयाबारे छलफल भइरहेकाे छ ।
