थप समाचारशुक्रबार, पौष २५, २०७१

नाइजेरियाः बोको हरामद्वारा बागा शहर ध्वस्त, २ हजार मारिएको अनुमान

हिमालखबर

फाइल तस्वीर: एएफपी

फाइल तस्वीर: एएफपी

नाइजेरियामा उग्रवादी समूह बोको हरामले गरेको आक्रमणमा परी कम्तिमा पनि २ हजार जना मारिएको अनुमान गरिएको छ ।

नाइजेरियाको उत्तरपूर्वी शहर बागामा उग्रवादी समूह बोको हरामले गरेको आक्रमणबाट दुई हजार स्थानीयको मृत्यु भएको अनुमान गरिएको स्थानीय अधिकारी मुसा अलहजी बुकारलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

बोको हरामका लडाकुहरुले एक सैन्य अड्डामा आक्रमण गरी पूरै शहरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् । बागा शहरका सडकमा शवको थुप्रो लागेको र करिब दुई हजार व्यक्ति मारिएको अनुमान गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बोको हरामले ५ वर्ष अघिदेखि इस्लामिक राज्य गठनको माग गर्दै हिंसात्मक विद्रोह शुरु गरेको थियो । अघिल्लो वर्षमात्रै उसले उत्तरपूर्बी साना शहरहरु र गाउँमा कब्जा जमाएको थियो ।

बागाबाट भाग्दै गरेका मानिसहरुले १० हजारको आबादी करिब करिब सखाप भएको बताएको बीबीेसीले उल्लेख गरेको छ । भाग्दै गरेकाले मारिएका आफन्तहरुको अन्तिम संस्कारसमेत गर्न नपाएको बताइएको छ ।

नाइजेरियामा हिंसात्मक द्वन्द्व शुरु भएपछि करिब १५ लाख मानिसहरु विस्थापित भइसकेका छन्, जहाँ गतवर्ष मात्रै २ हजार मानिसहरु मारिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>