समाचारशुक्रबार, पौष २५, २०७१
पूर्वाञ्चल बन्द, जनजीवन प्रभावित
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज पूर्वाञ्चल बन्द गराएको छ ।
माघ ८ मा जारी गर्न लागेको संविधानप्रति विरोध जनाउँदै वैद्य नेतृत्वको माओवादीले आज पूर्वाञ्चल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । आज बिहानैबाट लहान हुँदै पूर्वपश्चिम राजमार्गमा चल्ने मोटरसाइकलबाहेकका कुनै पनि सवारीसाधन चलेका छैन ।
पसल, स्कुलहरु पनि सञ्चालनमा आउन नदिने माओवादी कार्यकर्ताले बताएका छन् । पूर्वका कलकारखाना र उद्योग पनि बन्द छन् ।
