थप समाचारशुक्रबार, पौष २५, २०७१

फाकातुको पानी जीवन (फोटो एसे)

हिमालखबर

६३ वर्षीय फाकातु राजवंशी ४० वर्षदेखि काँकरभिट्टा डाँडाका प्यासीको तिर्खा मेटाइरहेका छन् ।

pnai2झापाको मेचीनगर–१२, नयाँ वस्तीका फाकातुको पेशा वा कर्म यही हो– झिसमिसेमै उठेर बाहुनडाँगी रोडस्थित इनारको पानी टिनका भाँडामा बोकेर दोकान दोकान पुर्‍याउनु ।

“यही काम गरेरै सन्तानको विहेदान गरें, १० धुर जग्गामा सानो छाप्रो बनाएँ,” फाकातु भन्छन,“यो काम शुरु गर्दा २० वर्षको थिएँ, उतीबेला एक भारी पानी ५० पैसामा बेच्थें, अहिले २० रुपैयाँ दिन्छन् ।”

आधुनिक काँकरभिट्टामा त्यस्ता घरहरु पनि छन्, जहाँ धाराको छेउमा हात पुर्‍याउना साथ धारो आफैं पानी फ्याँक्न थाल्छ– सेन्सर जडान भएका कारण । तर, त्यही काकरभिट्टा बजारमै भारमा पानी बोकेर दुनियाँको प्यास मेटाउने फाकातुले पनि आफ्नो जीविका चलाएकै छन् ।

pani4पूराना इनारहरु मासिएपछि अचेल उनले एक्सेल बैङ्क नजिककै इनारबाट निःशुल्क पानी पाइरहेका छन् ।

“उसबेला काँकरभिट्टामा खानेपानीको काकाकुल थियो”, विगत सम्झँदै भन्छन्, “फुटपाथ र चिया दोकान मेरा ग्राहक हुन् ।”

उनले बोकेको पानी दोकानहरूमा पिउन र खाना पकाउनका लागि उपयोग हुने गरेको छ । इनारको पानी मिठो हुने उनका ग्राहक वताउँछन् । साना दोकानहरूमा खानेपानीको धारा नहुने र अन्य विकल्प समेत नभएकाले उनको पानी व्यापार ठिकै चलेको छ ।

pani5दैनिक करिब ४ सय रूपैयाँ छ उनको कमाई । विसञ्चो गाह्रोसाह्रो हुँदा भने कमाइ हुँदैन । पहिले पहिले यसरी पानी व्यापार  गर्नेहरु धेरै भए पनि अहिले भने तीन जनामात्रै रहेको उनले बताए ।

२०५० सालबाट काँकरभिट्टा खानेपानी आयोजनाले घरघरै पिउने पानी उपलब्ध गराउन थालेपछि भारमा बोकेर पानी बेच्नेहरु घटेका हुन् । तर पनि पुरानो इनारको पानीको स्वादका पारखी भने उनले बोकेको पानी नै पिउँछन् ।

काँकरभिट्टा क्षेत्रलाई खानेपानी उपलब्ध गराउन रु. ३३ करोडको लगानीमा खानेपानी परियोजना भरखरै शुरु भएको छ । एकातिर घरघरमा धारा पुर्याएको डाटा बोकेर बसेका संस्थाहरु छन् भने अर्कोतिर भारमा पानी बोकेर बेच्ने पनि यहीं छन् । बोतलमा बन्द गरिएका पानीको ब्यापार पनि राम्रै चलेको छ ।

pani6फाकातुले घरमा भने ट्युबेलको पानी प्रयोग गर्छन् । वरपरका घरमा आइपुगेका खानेपानीको धारा उनका आँगनसम्म जोडिन अझै कति वर्ष लाग्ने हो !

शब्द, तस्वीर: कृष्ण सिञ्जाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>