समाचारशुक्रबार, पौष २५, २०७१

सहमति गराउने जिम्मा फेरि भट्टराईलाई

हिमालखबर

PDCC Meeting Resumesसंवैधानिक राजनीतिक–संवाद तथा सहमति समितिले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएको विवाद सुल्झाउन समितिका सभापति डा बाबुराम भट्टराईलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

समितिको २५ पुसमा बसेको बैठकले दलहरुबीच सहमति गराउन विभिन्न दलका नेताहरुसँग दुइपक्षीय र बहुपक्षीय छलफल गरी समितिको २७ पुसमा बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी सभापति भट्टराईलाई प्रदान गरेको छ ।

संविधानसभाको पूर्ण बैठकले दिएको निर्देशनअनुसार विवाद टुङ्ग्याउने प्रयासस्वरुप बसेको समितिको आजको बैठकमा विवाद सुल्झाउन तीनवटा विकल्पसहितको अवधारणा प्रस्तुत गरिएको थियो ।

यसअघि पनि विवादमा सहमति जुटाउन र संविधानसभामा प्रतिवेदन पेश गर्न समितिले भट्टराइई स्वविवेकीय अधिकार दिएका थिए ।

विवादित विषयलाई समितिको पूर्ण बैठकबाटै छिनोफानो गरिनुपर्ने एउटा विकल्प थियो भने निश्चित व्यक्तिहरुलाई जिम्मेवारी दिने र उनीहरुले दिएको प्रतिवेदनका आधारमा सहमतिमा पुग्न सकिने अर्को विकल्प प्रस्तुत गरिएको थियो ।

तेस्रो विकल्पका रुपमा विवादित विषयमा सहमति खोज्ने जिम्मेवारी सभापतिलाई नै दिने र सभापतिले नै संयोजन गरी सबै दलका शीर्ष नेतासँग छलफल गरी विषयलाई निष्कर्षमा पुर्‍याउने तर्क प्रस्तुत गरिएको थियो ।

बैठकपछि भट्टराईले समितिले दिएको निर्देशनअनुसार आफूले सभाध्यक्षसमेतको सहभागितामा प्रमुख दलका शीर्ष नेताहरुलाई राखेर छलफल आजैबाट प्रारम्भ गर्ने जानकारी दिए ।

दलहरुबीच सङ्घीयताको स्वरुप, सङ्ख्या, नामाङ्कन, सीमाङ्कन, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्याय प्रणालीका विषयमा मतभेद छ । संविधानसभाले यी विषयमा चारदिनभित्र सहमतिको प्रयास गर्ने र त्यससम्बन्धी प्रतिवेदन २९ पुसको संविधानसभा बैठकमा पेश गर्न भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>