समाचारआइतबार, पौष २७, २०७१
क्याटरिङ व्यवसायी शर्माको निधन
नेपालमा क्याटरिङ व्यवसायीलाई संस्थागत गरेका व्यवसायी तथा उद्योगी बीएल शर्माको निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा २७ पुस बिहान उनको निधन भएको हो ।
मुटुको समस्या भई नर्भिकमा उपचार गराइरहेका उनको बिहान ४ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुकार उनको २९ पुसमा अन्त्येष्टि गरिने छ ।
उनले अनमोल क्याटरिङ संचालन गर्दै आएका थिए । नेपालमा क्याटरिङ व्यवसायलाई संस्थागत गर्न उनले योगदान पुर्याएका थिए ।
