समाचारआइतबार, पौष २७, २०७१

‘सभाध्यक्षले तटस्थ बस्न मिल्दैन’

हिमालखबर

tikaram Bhattaraiनेपाल बार एससोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रकृयामा तटस्थ बस्न नमिल्ने बताएका छन् ।

२७ पुसमा झापामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सभाध्यक्षले अन्तरवस्तुमा तटस्थ बसेपनि प्रकृया अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘‘संविधानका अन्तरवस्तुमा तटस्थ रहनैपर्छ, तर प्रकृयामा तटस्थ बस्न पाउनुहुन्न ।’’

भट्टराईले नेम्बाङले संबिधानको प्रस्ताब मस्यौदा आफै ल्याउन देखाएको इच्छा दलहरुलाई तिनको जिम्मेवारी सम्झाउने हिसाबले आएको बताए ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>