समाचारआइतबार, पौष २७, २०७१

‘हेलो सरकार’काे उजुरी सुनुवाई गर्न निर्देशन

हिमालखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ मा ३४ हजार उजुरी एवम् गुनासो प्राप्त भएको जनाउँदै तीनलाई तत्काल सम्बोधन गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ ।

उक्त कार्यालयका सचिव शान्तराज सुवेदीले सहरी विकास मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, ऊर्जा मन्त्रालय र भूमि सुधार तथा व्यवस्था मन्त्रालयले ७५ प्रतिशतभन्दा कम गुनासा सम्बोधन गरेको पाइएकाले अब उपरान्त चाँडोभन्दा चाँडो गुनासो सम्बोधन गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित निकायलाई निर्देशन दिँदै सचिव सुवेदीले हेलो सरकार स्थापना भएयता सबैभन्दा धेरै गुनासोहरु गृह, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, वाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायविरुद्ध उजुरी परेकाले तत्काल सम्बोधनका निम्ति क्रियाशील रहन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>